पूर्वराजा शाहले दशैँमा टिका नलगाउने

पूर्वराजा शाहले दशैँमा टिका नलगाउने

काठमाडौँ । देशमा प्राकृतिक विपत्ती आएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने बताएका छन् । उनले शक्तिपीठहरुको पनि दर्शन नगर्ने जनाएका छन् ।

यस अघि हरेक दशैका बेला पूर्वराजा शाहले अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्ने गरेका थिए । साथै उनले आफ्ना सुभेच्छुकहरुलाई हरेक बर्ष दशैँका दिन टिका लगाइदिने गरेकोमा यस बर्ष उक्त टिकाको कार्यक्रम पनि नराखिने बताइएको छ ।

आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन् । उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र सम्मुनतीमा भएको उल्लेख छ ।