कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक : परीक्षा तोकिएको मितिमै हुने बोर्डको स्पष्टीकरण

कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक : परीक्षा तोकिएको मितिमै हुने बोर्डको स्पष्टीकरण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित मिति वैशाख ११ गतेदेखि नै सञ्चालन हुने स्पष्ट पारेको छ।

शिक्षक आन्दोलनका कारण परीक्षा सारिएको भनी सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै बोर्डले त्यसप्रति विद्यार्थी, शिक्षक र अभिभावकलाई सचेत रहन आग्रह गरेको छ।

बोर्डले आफ्नो लेटरप्याड र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरेर परीक्षा स्थगनसम्बन्धी गलत सूचना फैलाउनेहरूमाथि साइबर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

साथै, परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गरिदिन बोर्डले विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकहरूसँग अपिलसमेत गरेको छ।