

काठमाडौं: बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भई सजाय पाएका रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ।
न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले २०८० चैत ६ गते बम्जनसहित ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि निर्दोष ठहर गर्दै जिल्ला अदालत सर्लाहीको फैसला उल्टाएको हो।
ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पहिल्यै सफाइ दिएको थियो। तर रामबहादुर बम्जनलाई भने २०८१ असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।
उच्च अदालतको पछिल्लो फैसलापछि तीनैजनालाई मुद्दाबाट पूर्ण रूपले मुक्त गरिएको हो।