समसामयिक राजनीतिक विषयमा छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी

समसामयिक राजनीतिक विषयमा छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीको सरकारी निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

बैठकमा हालको समसामयिक राजनीतिक परिदृश्य तथा सरकारका गतिविधिहरूबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।