

काठमाडौं, २३ भदौ । प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आगामी सोमबार हुने भएको छ । मिश्रविरुद्ध तीनवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा प्राप्त प्रमाणपत्रअनुसार मिश्रको जन्म सन् १९५४ जनवरी १ मा भएको स्रोतले बतायो । याे खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।
मिश्रले सन् १९६९ मा भारत उत्तर प्रदेशको नौतनुवामा माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल अध्ययन गरेका हुन् । १९९१ को जुलाई ६ मा उनले नौतनुवाबाटै इन्टरमिडियट पास गरेको देखिन्छ । उनले १९७३ मा गोरखपुर विश्वविद्यालयबाट विज्ञान संकायमा दोस्रो श्रेणीमा स्नातक गरेका हुन् ।उनले सन् १९७९–८० मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका हुन् । सन् १९८५ मा त्रिभुवन विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा स्तातकोत्तर गरेका छन् । सन् उनीसँग १९८८ मा दिल्ली विश्वविद्यालयबाट एलएलएम उत्तीर्ण गरेको प्रमाणपत्र छ ।