सत्तारुढ गठबन्धनको कार्यदल र संयन्त्रको बैठक आज बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल र संयन्त्रको बैठक आज बालुवाटारमा

काठमाडौं । सत्तारुढ गठबन्धनले पछिल्लो राजनीतिक परिस्थिति र आगामी बजेट अधिवेशनको तयारीबारे छलफल गर्न बुधबार कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ५ बजे बालुवाटारमा कार्यदलको बैठक बस्नेछ भने साँझ ६:३० बजे संयन्त्रको बैठक हुने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा विस्तृत छलफल हुने जानकारी प्राप्त भएको छ।