

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजे बोलाएको छ। कार्यवाहक सभापति डीपी अर्यालले पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।
प्रवक्ता मनीष झाले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेष गरी सभापति रवि लामिछानेको जेल चलानसँग सम्बन्धित परिस्थितिबारे गम्भीर छलफल हुने जानकारी दिएका छन्। साथै बैठकमा पार्टीका आगामी गतिविधिहरू र सदस्यहरूको रिपोर्टिङ पनि समावेश हुनेछ।
लामिछाने जेल चलान भएपछि पार्टीको आगामी दिशा निर्धारण गर्ने जिम्मा यस बैठकमा रहने बताइएको छ।