यू–१९ एसिया छनोट: नेपाललाई हङकङले जितका लागि ११६ रनको लक्ष्य दिँयो

यू–१९ एसिया छनोट: नेपाललाई हङकङले जितका लागि ११६ रनको लक्ष्य दिँयो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत हङकङविरुद्धको तेस्रो खेलमा नेपालले जितका लागि ११६ रनको सामान्य लक्ष्य पाएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमै अलआउट भयो। हङकङका शिभ मथुरले सर्वाधिक ६३ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका बलरहरू शानदार लयमा देखिए। युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। विपिन शर्मा ३ विकेटसहित प्रभावशाली देखिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।

अब नेपालले यस खेलमा तेस्रो जित निकाल्ने लक्ष्यसाथ ११६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ।