नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचनअघि १३ विद्यार्थी संगठन दर्ता

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचनअघि १३ विद्यार्थी संगठन दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा यही वैशाख ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार आज (वैशाख १ गते) मध्यान्ह १२ बजेसम्म संघ, संगठन तथा समूह दर्ताको समय तोकिएको थियो। सो समयमा १३ विद्यार्थी संगठनले आफ्ना संस्था दर्ता गराएका हुन्।

दर्ता भएका विद्यार्थी संगठनहरू निम्नानुसार छन् :
१. नेपाल विद्यार्थी संघ
२. राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन
३. नयाँ शक्ति विद्यार्थी युनियन
४. लोकतान्त्रिक विद्यार्थी संघ
५. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)
६. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
७. नेपाल विद्यार्थी संघ (बी.पी.)
८. अखिल (क्रान्तिकारी)
९. वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल
१०. समाजवादी विद्यार्थी युनियन, नेपाल
११. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
१२. मधेशी विद्यार्थी समूह
१३. प्रगतिशील कानुनी विद्यार्थी समूह

अब आगामी दिनमा उम्मेदवारी मनोनयन, प्रचारप्रसार र मतदानलगायतका चरणहरू तय समयानुसार अघि बढाइनेछ।