

काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो दिन ९.६६ अंकले बढेको नेप्से आज भने ५.५७ अंकले घट्दै २६७०.७० विन्दुमा आएर अडिएको छ।
परिसूचक ओरालो लागे पनि सेयर कारोबार रकम भने वृद्धि भएको छ। बिहीबार ३२१ कम्पनीका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
बुधबारको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको हो। बुधबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।