त्रिवि उपकुलपति बरालको राजीनामा दुई साता पछि स्वीकृत

त्रिवि उपकुलपति बरालको राजीनामा दुई साता पछि स्वीकृत

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज बरालको राजीनामा स्वीकृत गरेका हुन्।

बरालले प्रधानमन्त्रीको राजनीतिक दबाब थेग्न नसकेको भन्दै चैत १५ गते पदबाट राजीनामा दिएका थिए। उनले सर्वोच्च अदालतको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी बनाउने दबाब दिइएको आरोप लगाउँदै राजीनामा दिएका थिए।

उनको राजीनामा दुई साता पछि स्वीकृत भएको हो। बरालले राजीनामा दिएपछि त्रिविको नेतृत्वमा रिक्तता आएको छ र अब नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।