

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानलले स्पष्ट बहुमतसहित जित हात पारेको छ।
अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र ५,०५२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता २,६२१ मतमा सिमित रहे। मिश्रले २,४३१ मतको फराकिलो अन्तरसहित जित दर्ता गरेका हुन्।
त्यस्तै, महासचिव पदमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार केदारप्रसाद कोइराला ४,८७४ मतसहित विजयी भएका छन्, भने विपक्षी प्यानलका यज्ञमणि न्यौपाने २,३६७ मतमा सिमित भए।
शनिबार सम्पन्न मतदानको मतगणना बिहीबार सम्पन्न भएको हो।