सुनको मूल्य प्रति तोला ५ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रति तोला ५ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९०० रुपैयाँ पुगेको छ। बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

महँगिएको सुन–चाँदीको मूल्यले उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ, भने व्यवसायीहरूका लागि भने व्यापार बढ्ने अपेक्षा गरिएको छ।