संसदका समितिहरूको आज तीनवटा बैठक, तीन विधेयकमाथि छलफल

संसदका समितिहरूको आज तीनवटा बैठक, तीन विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसदका तीनवटा स्थायी समितिको आज छुट्टाछुट्टै बैठक बस्दैछन्। संसद सचिवालय, सिंहदरबार परिसरमा बस्ने यी बैठकहरूमा महत्त्वपूर्ण विधेयकमाथि छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। यस बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहनेछ।

यसअघि बिहान १० बजेबाट सुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने चालु आर्थिक वर्ष ०८१/८२ को बजेट खर्चको स्थिति र आगामी वर्ष ०८२/८३ को बजेट तयारीबारे छलफल गरिनेछ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिनेछ।