आठ महिनामा १० खर्ब ५१ अर्बको रेमिट्यान्स, ९.४ प्रतिशतले वृद्धि

आठ महिनामा १० खर्ब ५१ अर्बको रेमिट्यान्स, ९.४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार फागुन मसान्तसम्मको तथ्यांकमा यो वृद्धिदर देखिएको हो।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले वृद्धि भएको थियो। अमेरिकी डलरको आधारमा हेर्दा यस वर्ष रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले बढेर सात अर्ब ७४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सो वृद्धिदर १६.१ प्रतिशत थियो।

उता, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको राष्ट्र बैंकले जनाएको छ।