आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं : संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज सिंहदरबारमा बस्दैछ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गरिनेछ। साथै समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणसम्बन्धी तयारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग गर्न लागिएको छलफलको पूर्वतयारीबारे समेत बैठकमा विचारविमर्श हुने जनाइएको छ।