अछामको जयगढ बजारमा भीषण आगलागी, २७ घर जलेर सात करोडभन्दा बढीको क्षति

अछामको जयगढ बजारमा भीषण आगलागी, २७ घर जलेर सात करोडभन्दा बढीको क्षति

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको भीषण आगलागीमा २७ वटा घर जलेर नष्ट भएका छन्। आगोबाट करिब सात करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीको कारण स्थानीय पुष्पराज शर्माद्वारा सञ्चालित आइएमई केन्द्रमा रहेको ग्यास सिलिन्डर विस्फोट भएको जनाइएको छ। विस्फोटपछि फैलिएको आगोले बजार क्षेत्र पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।

प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीका अनुसार जलेका घरमध्ये ११ वटामा व्यापारीहरूले व्यवसायिक पसल सञ्चालन गरिरहेका थिए। घटनापछि पीडितहरूको क्षतिको विवरण संकलनको काम सुरु गरिएको छ।

आगलागीबाट प्रभावित परिवारहरूलाई सहयोग र राहतको व्यवस्था गर्नका लागि स्थानीय प्रशासनले तयारी थालेको छ।