बेकोको उत्कृष्ट प्रोडक्टमा “अनबक्स ह्याप्पिनेश” नयाँ बर्ष उपहार योजना

बेकोको उत्कृष्ट प्रोडक्टमा “अनबक्स ह्याप्पिनेश” नयाँ बर्ष उपहार योजना

काठमाडाैं । यूरोपको नं. १ ब्राण्ड तथा चौधरी ग्रुप अन्तर्गत रहेको निकै लोकप्रिय तथा भरपर्दाे अन्तर्राष्ट्रिय होम एप्लाएन्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरुको उल्लासलाई झनै दोब्बर बनाउन विशेष उपहार योजना सँगै आफ्ना विभिन्न सामानहरुको खरिदमा रु. ४१ हजार ४ सयसम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना “अनबक्स ह्याप्पीनेश” भन्ने नाराका साथ बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०८२ को शुभ अवसरमा बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आफ्नाे घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्नुहुने विश्वास कम्पनीले लिएको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानका साथै सय प्रतिशत पार्ट्स् उपलब्धता तथा सर्भिस ग्यारेन्टी लगायत बेकोको अन्तर्राष्ट्रिय विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा रमाउन सक्नुहुनेछ ।

यस योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ के.जी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सि.जी. प्रेसर कुकर जित्ने अवसर रहेको छ । यो योजना चैत्र २४, २०८१ देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

साथै सि जी इलेक्सको वेब साईटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्ज समेत गर्न सक्नुहुनेछ भने शून्य प्रतिशतमा इएमआईमा सामानहरु खरिद समेत गर्न सक्नुहुनेछ ।