

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले मंगलबार विज्ञप्ति जारी गर्दै विगतमा नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौतालाई आधार मानी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।”
