भृकुटीमण्डपमा अनुमति नपाएपछि राप्रपाको आमसभा बल्खुमा

भृकुटीमण्डपमा अनुमति नपाएपछि राप्रपाको आमसभा बल्खुमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गतेको बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा बल्खुमा गर्ने भएको छ। यसअघि भृकुटीमण्डपमा कार्यक्रम गर्ने तयारी भए पनि प्रशासनले सुरक्षा कारण देखाउँदै अनुमति नदिएपछि राप्रपाले सभा स्थल परिवर्तन गरेको हो।

प्रशासनले राप्रपालाई बल्खु वा सिफलमा कार्यक्रम गर्न सुझाव दिएको थियो। त्यसअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगले क्रमिक रूपमा अघि बढाउन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले भनेका छन्, “सरकारको रवैयाले देखाउँछ— हाम्रो आन्दोलन उचाइमा पुग्दैछ। त्यसैले अबको चरणलाई पनि शान्तिपूर्ण र सशक्त रूपमा अघि बढाऔं।”

राप्रपाले चैत २२ गते भृकुटीमण्डपमा सभा गर्न अनुमति मागेको थियो।