दिल्ली उत्रिए लगत्तै प्रचण्ड भेटघाटमा व्यस्त

दिल्ली उत्रिए लगत्तै प्रचण्ड भेटघाटमा व्यस्त

नयाँदिल्ली, २२ भदौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका उनले शुक्रबार बिहान गृहमन्त्री राजनाथ सिंहसँग भेट तय भएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

शुक्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा सहभागी हुनेछन्। त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा भनाइ राख्नेछन्।
यसैगरी शनिबार साँँझ दाहाल इन्डिया–नेपाल सेन्टरले आयोजना गर्ने भारतका उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा सहभागी हुनेछन्। दिल्ली बसाइक्रममा उनले सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दलका नेता तथा बुद्धिजीवीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।