

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार मध्यान्ह स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
प्रधानमन्त्री ओली मंगलबार बैंकक प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले थाइल्यान्डका प्रधानमन्त्रीसहित विभिन्न देशका नेतासँग भेटघाट गरे। उनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि विशेष भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीको यो भ्रमणलाई नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ गर्न र बहुपक्षीय कूटनीतिक साझेदारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।