बक्यौता उठाएकै कारण पदबाट हटाइयो– कुलमान घिसिङ

बक्यौता उठाएकै कारण पदबाट हटाइयो– कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अदालतको आदेशअनुसार विद्युत् महसुलको बक्यौता उठाएको तर त्यसै कारण आफूलाई पदबाट हटाइएको खुलासा गरेका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बक्यौता असुलीको प्रक्रियामा आएका दबाब र प्रभावलाई नमानेकै कारण सरकारको कोपभाजनमा परेको बताएका हुन्।“बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो,” उनले भने, “सार्वजनिक संस्थाको बक्यौता असुली राज्यविरुद्धको अपराध हो त? यसको जवाफ नेपाली जनताले अवश्य माग्नेछन्।”

उनले आफूले कुनैपनि संस्थागत वा राष्ट्रिय घात नगरेको र सधैं कानुनअनुसार इमानदारीपूर्वक काम गरेको जिकिर गरे। “दबाबका बाबजुद पनि म संस्थाको हितमा उभिन खोजे, त्यसको सजाय म हटाइएर पाएँ,” घिसिङको भनाइ थियो।