सुनकाे मूल्यमा उच्च गिरावट , प्रतितोला ३,९०० रुपैयाँले घट्यो

सुनकाे मूल्यमा उच्च गिरावट , प्रतितोला ३,९०० रुपैयाँले घट्यो

काठमाडौं । अघिल्लो दिन रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले कम हो।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।