

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७०३ अंकमा पुगेको छ।
बजारमा कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ।
बिहीबार ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) वृद्धि हुँदा समग्र बजार सकारात्मक भएको हो। अन्य केही सेक्टरहरू पनि सुधारिए, जसमा अन्य समूह १.४५, हाइड्रोपावर ०.०३, र निर्जीवन बीमा ०.५९ प्रतिशतले बढेका छन्।
तर, व्यापार समूह सबैभन्दा धेरै १.६६ प्रतिशतले घट्यो। त्यस्तै, विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, र माइक्रोफाइनान्स ०.३७ प्रतिशतले घटे।
सबैभन्दा बढी वृद्धि ग्रीन भेन्चर्सको १० प्रतिशत भयो। त्यसपछि सुपरमादी ६.९५, राधि विद्युत् ४.९०, र एनएलजी इन्स्योरेन्स ४.६३ प्रतिशतले बढे।
उपकार लघुवित्तको सेयर सबैभन्दा धेरै ७.८ प्रतिशतले घट्यो। विन नेपाल लघुवित्त र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ६.१ प्रतिशतले घटे भने बोटलर्स नेपाल बालाजु ५.८ प्रतिशतले ओरालो लाग्यो।
आज धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर, र राधि विद्युत् क्रमशः अग्रस्थानमा रहे।