

काठमाडौं। छैटौं बिमेस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्ड पुगेका छन्। बैंककस्थित विमानस्थलमा उनलाई थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए।
२४ घण्टाका लागि बैंककमा रहने मोदी भोली श्रीलंकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। बिमेस्टेक सम्मेलनका क्रममा उनले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइडलाइन वार्ता गर्ने जनाइएको छ।