विद्युत प्राधिकरण नेतृत्व विवाद: रिट पुनः हेर्दाहेर्दैमा

विद्युत प्राधिकरण नेतृत्व विवाद: रिट पुनः हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा परेको रिट पुनः हेर्दाहेर्दैमा राखिएको छ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसम्बन्धी दायर रिटमाथि मंगलबार र बुधबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। तर, सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

यसअघि पटक–पटक पेशी सर्दै आएको यो मुद्दालाई हिजोबाट भने विशेष प्राथमिकताका साथ सुनुवाइ थालिएको थियो।