

काठमाडौं : काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनका परिवारलाई राहतस्वरूप सो रकम प्रदान गरिने भएकाे हाे ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो। पत्रकार रजकको आगोमा जलेर तथा महर्जनको गोली लागेर मृत्यु भएको थियो।