

काठमाडौं : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार २३.८६ अंकले वृद्धि भएको छ। ०.८९ प्रतिशतले बढ्दै नेप्से २,७००.०४ विन्दुमा बन्द भएको हो।
यस दिन १६६ कम्पनीको सेयरमूल्य बढ्दा ७८ कम्पनीको सेयरमूल्य घटेको छ। विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।
आज कुल पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन समूह १.४७ प्रतिशतले ओरालो लाग्दा निर्जीवन बिमा समूहको परिसूचक ०.२६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
व्यापार समूहका विशाल बजार र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य बढेसँगै यस समूहको परिसूचक ९.४४ प्रतिशतले उकालो लागेको छ।