बिम्स्टेकको छैटौं शिखर सम्मेलन: बैंकक पुगे प्रधानमन्त्री ओली

बिम्स्टेकको छैटौं शिखर सम्मेलन: बैंकक पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन तथा औपचारिक भ्रमणका लागि मंगलबार साँझ थाइल्यान्डको बैंकक पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ, नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर वली, थाइल्यान्डका लागि नेपाली राजदूत सावापोङ सिरिसोर्नसहितका उच्च अधिकारीहरूले स्वागत गरेका छन्।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तर्फबाट प्रधानमन्त्री तहमा पहिलोपटक औपचारिक भ्रमण भएको हो।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चस्तरीय टोली भ्रमणमा सहभागी छन्।