

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको रिटमाथि मंगलबार सुनुवाइ भए पनि निर्णय नभई हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भए पनि मुद्दा लम्बिएपछि थप निर्णय बुधबार हुने भएको छ। अदालतका सूचना अधिकारी निराजन पाण्डेले पुन: बुधबार सुनुवाइ हुने जानकारी दिए।
यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा यो मुद्दा परेको थियो। तर, उक्त इजलासले रिट हेर्न नमिल्नेमा राखेको थियो।
घिसिङले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनः नियुक्त गर्न अन्तरिम आदेशको माग गरेका छन् भने शाक्यले चार वर्षअघिको बर्खास्ती गैरकानुनी भएको भन्दै सो अवधिको पारिश्रमिक दाबी गरेका छन्।
सरकारले गत चैत ११ गते कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।