सेयर बजारमा गिरावट, नेप्से परिसूचक १६.९५ अंक घट्यो

सेयर बजारमा गिरावट, नेप्से परिसूचक १६.९५ अंक घट्यो

काठमाडौं : अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार करेक्सन भएको छ। नेप्से परिसूचक १६.९५ अंक घटेर २६७६ अंकमा झरेको हो।

यो गिरावटसँगै बजारको कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ७९ करोडको कारोबार भएको छ।

व्यापार सेक्टर बाहेक सबै सेक्टरका सूचक घटेका छन्। विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टरको सूचक ३.८ प्रतिशत बढेको छ। अन्य सबै ११ उपसमूहको सूचक घटेको छ, जसमा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका क्षेत्र समावेश छन्।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो, जबकि गुराँस लघुवित्तको मूल्य ५.५ प्रतिशत घटेको छ।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स जस्ता कम्पनीहरूको कारोबारमा पनि वृद्धि भएको छ।