नेप्सेको नयाँ सीईओमा चुडामणि चापागाई नियुक्त

नेप्सेको नयाँ सीईओमा चुडामणि चापागाई नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई सीईओ बनाउन निर्णय गरेको थियो। तर, लुइटेलको नियुक्ति विरुद्ध उजुरी तथा विरोध भएपछि सरकारले पुनरावलोकन गर्दै चापागाईलाई सीईओ बनाउने निर्णय गरेको हो।

अर्थ मन्त्रालय स्रोतका अनुसार लुइटेलको नियुक्ति मन्त्रिपरिषद्को माइन्युटमा नभएको र व्यापक असहमति देखिएपछि सरकार पछि हटेको हो। सोमबारको बैठकले नयाँ निर्णय गर्दै चापागाईलाई सीईओ नियुक्त गरेको छ। यद्यपि, सञ्चार मन्त्रीले यसबारे आधिकारिक घोषणा गर्न बाँकी छ।