तीनकुने घटनामा राप्रपाका नेतासहित ११ जनालाई म्याद थपका लागि अदालत लगियो

तीनकुने घटनामा राप्रपाका नेतासहित ११ जनालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालतमा लगिएको छ। तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णय गर्दै आइतबार उनीहरुलाई अदालतमा पेश गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिँदै भने कि ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ, भने बाँकीलाई आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ।