सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक फेरि स्थगित

सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक फेरि स्थगित

काठमाडौं । सत्ता र प्रतिपक्षबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको जनाएको छ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे स्पष्टिकरण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन्।

आइतबार निर्धारित बैठक विपक्षी दलहरूको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरी स्थगित गरिएको थियो।