गुल्मी, २१ भदौ । धुर्कोट, जैसीथोककी तारा पोखरेललाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । घरमै भएको बाख्राको खोरबाट एक्कसी बाहिर निस्केर ३१ वर्षीया पोखरेललाई चितुवाले चिथोरेको हो । तिचतुवाको आक्रमणबाट उनको अनुहारमा क्षति पुगेको छ भने उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ ।
विहान खोरबाट बाख्राहरू बाहिर निकाल्न लाग्दा बाख्रासँगै चितुवा बाहिर निस्केर एक्कासी ताराको अनुहार चिथोरेको प्रहरीको भनाई छ । रातको समयमा बाख्रा खान चितुवा खोरमा पसेको र रातभर खोरमै बसेको अनुमान गरिएको छ । खोरमा एउटा बाख्रा चितुवाले मारेको अवस्थामा भेटिएको बताइएको छ ।