

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले पत्र काटेको थियो । महानगरले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले भने ‘पत्र बुझ्न मानेनन् अब हामी प्रक्रियामा जान्छौं।’ अहिले हुलाकमार्फत जरिवाना गरिएको पत्र पठाउने तयारी भइरहेकाे बुझिएकाे छ।