नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने, नेपालका लागि गर या मरको अबस्था

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने, नेपालका लागि गर या मरको अबस्था

ढाका, २१ भदाै । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अाज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । पाकिस्तान र आयोजक बंगलादेशले तीन तीन अंक जोडेका कारण भुटानसँग तीन अंक खोस्न सकेको खण्डमा नेपालको सम्भावना जिवितै रहनेछ । बराबरीले पनि नेपालको नकआउट चरण प्रवेशको सम्भावना कायमै रहने भएपनि निकै न्यून हुनेछ । त्यसकारण भुटानबिरुद्धको खेल नेपालका लागि गर या मरको अबस्थामा रहनेछ ।

यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

हेड टु हेडमा १२ खेलमा  भुटानमाथि नेपाल हाबी

नेपाल र भुटानले अहिलेसम्म पटक पटक गरि १२ खेल एक–अर्काविरुद्ध खेलिसकेका छन् । १२ खेलमा भुटानमाथि नेपाल हाबी रहेको छ । पहिलोपटक नेपालले भुटानविरुद्ध सन् १९८४ सेप्टेम्बर २० मा भएको साउथ एशियन फेडेरेसन गेम्समा खेलेको थियो । उक्त पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।

तर, नेपाल र भुटानबीचको खेल झन्डै ७ वर्षपछि बिहीबार प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो समय सन् २०११ मा नेपालले भुटानविरुद्ध खेलेको थियो । उक्त अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालको सम्भावित ११ खेलाडीहरु

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर- आदित्य चौधरी, विराज महर्जन, अनन्त तामाङ, सुमन अर्याल

मिडफिल्डर- रोहित चन्द, सुजल श्रेष्ठ, अन्जान विष्ट, निराजन खड्का

फरवार्ड- बिमल घर्तीमगर, नवयुग श्रेष्ठ