पूर्वमुख्य सचिव दामोदर प्रसाद गौतमको निधन

पूर्वमुख्य सचिव दामोदर प्रसाद गौतमको निधन

काठमाडौं : नेपाल सरकारका पूर्वमुख्य सचिव तथा पूर्वराजदूत दामोदर प्रसाद गौतमको ८६ वर्षको उमेरमा निधन भएको छ। कलेजोसम्बन्धी समस्याबाट पीडित गौतमको मङ्गलवार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।

गौतमले २०४७ देखि २०४९ सम्म नेपाल सरकारको मुख्यसचिवको रूपमा तथा २०५५ देखि २०५७ सम्म अमेरिकाका लागि नेपाली राजदूतको रूपमा जिम्मेवारी सम्हालेका थिए। २०१८ सालमा शाखा अधिकृतका रूपमा सरकारी सेवा सुरु गरेका उनले पर्यटन, वाणिज्य तथा अर्थ मन्त्रालयमा विभिन्न पदमा रहेर काम गरेका थिए।

१९९४ सालमा बाराको कलैयामा जन्मिएका गौतम २०३१ सालदेखि ललितपुर बस्दै आएका थिए। उनका दुई छोरी र एक छोरा छन्।

गौतमको पार्थिव शरीरलाई मङ्गलवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।