काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने भएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भए । स्वतन्त्ररुपमा उम्मेदवारी दिने महिलाहरु त प्रतिनिधि सभाका लागि एक जना भन्दा अरु देखिएनन् ।
राजनीति मुलुकको दिशा निर्देश गर्ने बलियो माध्यम हो भन्ने बुझाईका साथ प्रदेश नंः ३ को ललितपुर क्षेत्र नंः ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार हुनुभएकी गोमा थापा देशभरकै एक्ली स्वतन्त्र महिला उम्मेदवार रहनुभयो । त्यसो त थापाले ललितपुर क्षेत्र नंः ३ बाट प्रतिनिधि सभाका लागि जीत निकाल्न त सक्नुभएन तर, स्वतन्त्र उम्मेदवार बनेर एउटी महिला चुनावी मैदानमा उत्रिनुनै साहसिक काम भएको स्थानीयहरु बताउछन् ।
विगत दुई दशकदेखि नेपाली मौलिक कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा अहोरात्र खटाईले यो पटक राजनीतिक यात्राको शुरुवात गर्नुभएकी थापा व्यवसायिक रुपमा दुई दशकसम्म सिंगापुर इन्टरप्राइजेजको सिइओ पदमा रहेर उक्त इन्टरप्राइजेजलाई सांस्कृतिक केन्द्रको रुपमा स्थापित गराउनुभएको थियो । स्वतन्त्र उम्मेदवारकारुपमा चुनाव लड्नुभएकी साहसिक महिला थापा आउँदो निर्वाचनमा जीतका लागि अहिलेको उम्मेदवारी गतिलो आधारशिलाकारुपमा स्थापित भएको बताउनुहुन्छ ।
चुनाव सकिए लगत्तै गोमा के.सी. थापाले लेख्नुभएको फेसबुक स्टाटस यस्तो छः
‘आदरणीय शुभचिन्तक ज्युहरुमा नमस्कार ! चुनावी दौडमा ललितपुर क्षेत्र नंः ३ का जनताको बिचमा मैले प्रतिनिधि सभाको उम्मेदवारको लागि सहभागी भए र प्रयास पनि गरे । त्यसैले आगामी दिनका लागि फराकिलो बाटो कोर्ने ठाँउ बनाएको कुरामा कुनै दुईमत छैन । किनकी प्रत्यक्ष अप्रत्यक्ष म जनता र नेताहरूको बिचमा बसेर दुईचार शब्द राखेर बहस गर्ने मौका पाए । सबैको म प्रति सदाशय र सहानुभूति हुदाहुदै पनि सबै समय परिस्थितिको खेल मान्नुपर्छ । त्यहि अनुभव नै मेरो पहिलो कदमको ठुलो उपलब्धि हो । राजनीतिक विषलेसकले बिश्लषन गरे झै अस्तित्व जोगाउने र दुईतिहाइ मत ल्याउने बिचको कुरु क्षेत्रको युद्धमा आफुलाई तटस्थ राख्न सक्नु नै ठुलो कुराहो । मङ्सिर दोस्रो हप्तासम्म चलेको राजनीतिक परिणाम र तेस्रो हप्ता सम्म पुग्दा देखिएको परिणाम १८० डीग्रीको फरक भएको थियो । त्यो अवस्थाको समिक्षा गरिसकेको हुनाले हामी आफुलाई खुशी मनले सहभागी जनायौं । हामीसंग अवसर र चुनौति अन्तिम समयसम्म पनि आएको नै थियो तर त्यो अवसरलाई आत्मसात पनि नगर्ने निर्णय गर्यौ र चुनौतिलाई त्यस्तो अतिनै आफ्नै ब्यक्तिगत अस्तित्वको लडाइँसंग दाज्नु पनि उपयुुक्त हुदैन भन्दै तटस्थ र मध्यमार्गी निर्णय गर्यौ । किनकी ती दुबै आफैमा आत्मघाती हुनसक्छ भन्ने कुरामा निक्कै सजग सहित पक्का निर्णयमा पुग्यौ । अन्त्यमा प्रतिनिधि सभा ललितपुर ३ बाट पम्फा भुसालजी बिजय हुनुभएकोमा हार्दिक बधाई दिदै सहभागी अरु पार्टीका उम्मेदवार साथीहरुलाई निरन्तर प्रयासको लागि शुभकामना ।’