कुलमान घिसिङले बर्खास्तीको पत्र पाएपछि कानुनी लडाइँ लड्ने

कुलमान घिसिङले बर्खास्तीको पत्र पाएपछि कानुनी लडाइँ लड्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले बर्खास्त गरेपछि अदालत जाने भएका छन्। मन्त्रिपरिषद्ले सोमबार साँझ घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो। बर्खास्तीको पत्र पाएपछि कानुनी लडाइँ लड्ने उनले बताएका छन्।

“मैले पत्र पाएको छैन, पत्र पाएपछि अदालत जान्छु र त्यसपछि सबै कुरा भन्छु,” घिसिङले प्रतिक्रिया दिए। कुलमानलाई बर्खास्त गरेको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले पाँच पटक उनलाई स्पष्टिकरण सोधेका थिए । प्राधिकरणमा लगातार दुई कार्यकाल नेतृत्व गरेका उनको चार महिना पछि कार्यकाल सकिँदै थियो । दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।