साफ च्याम्पियनशिपः भारतद्धारा श्रीलंका २-० ले हार्याे

साफ च्याम्पियनशिपः भारतद्धारा श्रीलंका २-० ले हार्याे

बंगलादेश, २० भदाै । डिफेन्डीङ च्याम्पियन भारतले साफ च्याम्पियनसिपको पहिलो खेलमा जित हात पारेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज भएको खेलमा भारतले श्रीलंकालाई २-० ले हरायो । जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन टिम रहेको समूह बीमा भारतले तीन अंक जोडेको छ ।

खेलभरी नै श्रीलंकालाई दबाब दिएको भारतले पहिलो हाफमा एक गोल गरेको थियो । ३५औं मिनेटमा आशिक कुरिनियानको गोल मार्फत भारतले अग्रता बनाएको थियो ।

दोस्रो हाफको दोस्रो मिनेटमा भारतले अग्रता लम्ब्यायो । यसपटक लालियानजुवाला छांटेले गोल गरेका थिए । समूह बीमा भारत, श्रीलंका र माल्दिभ्स छन् ।