सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा बैठक जारी रहेको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठकमा सङ्क्रमणकालीन न्याय, पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियता लगायतका विषयमा छलफल भइरहेको छ।

यसअघि, माओवादी अध्यक्ष प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।