

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेर २६१४ विन्दुमा झरेको छ।
बजार खुलेदेखि नै ओरालो लागे पनि कारोबार रकम भने बढेको देखियो। अघिल्लो कारोबार दिन ४ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १३ को मूल्य बढ्दा २३० को घट्यो। सबै सेक्टर राताम्य देखिए। बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, जीवन बीमा १.८५, माइक्रोफाइनान्स २.३६, र व्यापार समूह २.८५ प्रतिशतले घटेका छन्।
मूल्य वृद्धिमा डिबेन्चरहरू अगाडि रहे। आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २, तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो।
मूल्यमा सबैभन्दा धेरै गिरावट मिथिला लघुवित्तमा देखियो, जसको मूल्य १० प्रतिशतले घट्यो। भूगोल इनर्जी ७.२, सयपत्री हाइड्रो ६.४, मायाखोला हाइड्रो ५.६६, र अपरसोलु हाइड्रो ५.४६ प्रतिशतले ओरालो लागे।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर, र सिन्धु विकास बैंक अग्रस्थानमा रहे।