कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौंः प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । सरकारमा सहभागी भएको सात महिनापछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा उक्त बैठक बस्ने कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु उपस्थिति रहनेछ ।

सरकारका काम कारवाही, पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्यसम्पादन, राजावादी आन्दोलन र पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

चैत ६ गते सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने विधानको व्यवस्था छ । तर पछिल्लो ७ महिनादेखि केन्द्रीय समिति बैठक बसेको छैन । नेताहरुले केन्द्रीय समिति बैठकको माग गर्दै आएका छन् ।