

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा सुरुमै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदहरुले लिखित रुपमा सोधेका प्रश्नको उत्तर आजको बैठकमा प्रधानमन्त्रीले दिनेछन् । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमित हुन थालेको हो । यो वर्षको हिउँदे अधिवेशन अन्त्यतिर पुगेको छ । संसद सचिवालयले चैत १५ गतेसम्मको संसदको क्यालेण्डर सार्वजनिक गरेको छ । हिउँदे अधिवेशन सकिएपछि सरकारले बजेट अधिवेशनका लागि संसद आह्वान गर्नेछ ।