ग्लोबल आइएमई बैंक: दुर्लभ तस्वीरसहित २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक: दुर्लभ तस्वीरसहित २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरू समावेश गरी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित समारोहमा क्यालेन्डर सार्वजनिक गरे।

यस क्यालेन्डरमा नेपाली समाजको अतीतलाई चित्रण गर्ने ऐतिहासिक तस्वीरहरू समेटिएका छन्, जसले समयक्रमसँगै परिवर्तन भएका जीवनशैली र परम्परागत अभ्यासलाई नयाँ पुस्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष ढकालले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली कला, संस्कृति तथा सभ्यताको संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिइरहेको बताए।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी वाणिज्य बैंक हो। बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। साथै, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, मध्यपूर्व लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।