सेयर बजारमा लगातार गिरावट, कारोबार रकममा वृद्धि

सेयर बजारमा लगातार गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । सेयर बजारमा बुधबार पनि गिरावट जारी रह्यो। अघिल्लो दिन ७.६ अंक घटेको नेप्से सूचक आज थप १४.८ अंकले ओरालो लागेको छ।

तर, बजार घटे पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब १४ करोड रुपैयाँ पुग्यो। ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो।

होटल तथा पर्यटन ०.१० प्रतिशत र व्यापार ०.६० प्रतिशतले वृद्धि भए पनि अन्य सबै सूचक घटेका छन्। फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशतले घट्यो। बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशतले घटेका छन्।

मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशतले बढ्यो। भूगोल इनर्जीको ७.३ र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले वृद्धि भयो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहे।