नेप्से परिसूचक ७.६६ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ७.६६ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७ अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ; सोमबार ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा सीमित भएको छ।

यस दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घट्यो भने ५ कम्पनीको स्थिर रह्यो। अन्यबाहेक सबै उपसूचकहरूमा गिरावट आयो; अन्य समूह ०.११ प्रतिशतले बढेको छ। घटेका समूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम नै रहेको छ। बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, लघुवित्त ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन्।

मिथिला लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९ प्रतिशतले बढेको छ। अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशतले मूल्य बढेको छ। त्यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको ७.७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेका छन्।