सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत ५) सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ।

मंगलबार मात्र सुन प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। सोमबार (चैत ४) सुनको मूल्य १ लाख ७४ हजार १०० रुपैयाँ रहेको थियो। यसअघि, चैत १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँसम्म पुगेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।